नेपाल लाईफले १९ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति निर्धारण गरेको छ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात बैशाख १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको लाभांश पाउनेछन्।
साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेका छन्।