रणनीतिक साझेदार मुत्तूट फाइनान्स भित्र्याएको युनाईटेड फाईनान्सको यस्तोे छ प्रगति

Apr 26, 2019 Merolagani

युनाईटेड फाइनान्स (UFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वैदेशिक रणनीतिक साझेदार भित्र्याएपनि कम्पनीको खुद नाफामा सामान्य सुधार मात्र भएको छ ।

गत आर्थिक वर्षको चैत मसािन्तमा फाइनान्सको खुद नाफा ५ करोड ७ लाख रुपैयाँ थियो । 

युनाईटेड फाइनान्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई १९० रुपैयाँका दरले २१ लाख कित्ता नयाँ संस्थापक संस्थापक एफपिओ बिक्री गरेर वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्र्याएको हो। सो संस्थाबाट एक जना सञ्चालक रहनेछ ।

गत वर्षको नाफाबाट प्रस्ताव गरेको पाँच प्रतिशत नगद लाभांश वितरण गरेको फाइनान्सको चुक्ता पूँजी एक अर्ब एक करोड ५ लाख रुपैयाँ रहेको छ । यसअघि ८० करोड ५ लाख पूँजी रहेकोमा भारतको मुत्तुट फाइनान्सलाई २१ लाख कित्ता संस्थापक शेयर बिक्री गरे पश्चात एक अर्ब पूँजी नाघेको हो ।

फाइनान्सको जगेडा कोषको आकार दोब्बर बनेको छ । गत आवको तेस्रो त्रैमासमा २१ करोड ९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष ४२ करोड १९ लाख रुपैयाँमा बढेको छ ।

चैत्र मसान्तसम्ममा ६ अर्ब २६ करोड ०७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ५ अर्ब ५२ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सले २० करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४ करोड ७१ लाख रुपैयाँ अर्थात ३० प्रतिशतले धेरै हो । गत वर्ष फाइनान्सले १५ करोड ९२ लाख रुपैयाँ खदु ब्याज आम्दानी गरेको थियो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात बढेर १.१८ प्रतिशतमा पुगेको छ भने वार्षिक फाइनान्सको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवको चैत मसान्तमा ८ रुपैयाँ ४६ पैसा रहेको रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसामा झरेको छ । पूँजी वृद्धि अनुपातमा नाफा बढ्न नसक्दा इपिएसमा दबाब सृजना भएको हो ।

फाइनान्सको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा छ । फाइनान्सको मूल्यआम्दानी अनुपात २८.८४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।