मितेरीको नाफा बढ्दा सहयोगी विकास बैंकको घट्यो

Apr 26, 2019 Merolagani

शक्रबार दुई विकास बैंकहरु सहयोगी र मितेरी विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा मितेरीको खुद नाफामा ७५ लाख १५ हजार रुपैयाँले सुधार भएको छ भने सहयोगी विकास बैंकको खुद नाफा भने ५९ लाख २९ हजार रुपैयाँले घटेको छ ।

मितेरी डभलपमेन्ट बैंकको नाफा ८ करोड ४ लाख

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७५ लाख १५ हजार रुपैयाँले खुद नाफामा सुधार गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा ७ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस अवधिमा ८ करोड ४ लाख रुपैयाँ कमाएको हो।

यस अवधिमा बैंकले ४ अर्ब ३२ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७८ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसवाट १६ करोड ६ लाख रुपैयाँ खुद ब्याज गरेको छ । बैंकले ४३ करोड २६ लाख रुपैयाँ व्याज आम्दानी गरी २७ करोड २० लाख रुपैयाँ व्याज बापत खर्च गरेको छ।

५८ करोड ५० लाख रुपैयाँख चुक्ता पूँजी रहको बैंकको जगेडा कोषमा १९ करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

बैंकको खराब कर्जाको अनुपातमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाासमा ०.०९ प्रतिशत रहेको यो अनुपात ०.४८ प्रतिशत पुगेको हो ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात वार्षिक १३.२० गुणा बढी छ ।

सहयोगी विकास बैंकको खुद नाफा ५९ लाख रुपैयाँले घट्यो

यता सहयोगी विकास बैंक (SBBLJ) को खुद नाफा भने घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ६३ लाख खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९ लाख २९ हजार रुपैयाँले खुद नाफा घटेको हो। बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यस अवधिमा बैंकले ४ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८५ करोड २ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट १५ करोड ७ लाख रुपैयाँ खुद ब्याज गरेको छ । बैंकले ३८ करोड ७७ लाख रुपैयाँ व्याज आम्दानी गरी २३ करोड ७० लाख रुपैयाँ व्याज बापत खर्च गरेको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता पूँजी रहको बैंकको जगेडा कोषमा १९ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

बैंकको खराब कर्जा अनुपातमामा बढेको छ । गत वर्ष १.३२ प्रतिशत रहेको यो अनुपात १.६९ प्रतिशतमा पुगेको हो। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५८ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात वार्षिक १०.२६ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।