आईपिओ अनुमति पाएको जनसेवी लघुवित्तको खुद नाफा २६०% बढ्यो

Apr 26, 2019 Merolagani

जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) को खुद नाफा गत आवको यसै अवधिको तुलनामा २६०.९० प्रतिशतले बढेको छ। धितोपत्र बोर्डबाट  बैशाख २ गते साधारण शेयर जारी गर्न अनुमति पाएको लघुवित्तले चैत मसान्तसम्म ८७ लाख ५९ हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ लाख २७ हजार खुद नाफा आर्जन गरेको थियो। गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तले ६३ लाख ३२ हजार रुपैयाँले खुद नाफा बढाएको हो । 

सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा वृद्धिमा टेवा पुगेको छ। चुक्ता पूँजी शतप्रतिशत बढाएर ९ कराड ८० लाख पुर्याएको लघुवित्तले जगेडा कोषमा ३५२.०३६ प्रतिशतले सुधार गर्दै एक करोड ३१ लाख रुपैयाँ सञ्चित गरेको छ।

यस अवधिमा लघुवित्तले निक्षेप संकलन ६७.६१ प्रतिशतले बढाएर १७ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा परिचालन ५१.६९ प्रतिशतले बढाएर ५७ करोड २६ लाख रुपैयाँ परिचालन गरेको छ। यसका लागि लघुवित्तले ३० करोड ७५ लाख सापटी लिएको छ।

चैत मसान्तसम्म लघुवित्तले ६ करोड ५५ लाख ब्याज आम्दानी र ३ करोड २४ लाख ब्याज खर्च गरेर ३ करोड ३० लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ८५.२९ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले एक करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.७९ प्रतिशत छ ।

जनसेवी लघुवित्तले धितोपत्र बोर्डबाट बैशाख २ गते  ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको थियो। इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउँछ। हाल ९ करोड ८० लाख रुपैयाँ पूँजी रहेको लघुवित्तको आइपिओपछि कम्पनीको चुक्ता पूँजी १४ करोड ४३ लाख पुग्नेछ।

२०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।