मञ्जुश्री फाइनान्सको नाफा घट्यो

Apr 26, 2019 Merolagani

मञ्जुश्री फाईनान्स (MFIL) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा गत आवको यसै अवधिको तुलनामा एक करोड ४३ लाख रुपैयाँले घटेको छ। गत वर्षको यसै अवधिमा ५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको यस फाइनान्सको नाफा चार करोड तीन लाखमा सीमिति भएको हो।

सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत जोखिम व्यवस्थापनमा ६ करोड ४६ लाख रुपैयाँ छुट्याउँदा फाइनान्सको नाफामा गिरावट आएको हो। फाइनान्सको चुक्ता पूँजी ६० करोड ४० लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड ६४ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५५ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर ५ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा फाइनान्सले १८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा ७ करोड ३२ लाख रुपैयाँ अर्थात ६३ प्रतिशतले बढी हो । गत वर्ष फाइनान्सले ११ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनान्समा निष्कृय कर्जा अनुपात २.९६ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २२ पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १६.५९ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।