क्लाउड सर्भिसेजको सफलताका आधारमा कम्पनीले २०१८ को तेस्रो त्रैमासमा अनुमानभन्दा राम्रो वित्तीय विरण सार्वजनिक गरेको थियो ।
जसका कारण बुधबारको कारोबारमा मात्र यसको बजार पूँजीकरण १ लाख डलरको आँकडा पार गर्न सफल रह्यो । कारोबारको करिब आधा घण्टासम्म बजार पूँजीकरण एक लाख डलरमाथि नै कायम रह्यो । कारोबार सकिएको समयमा माइक्रोसफ्टको समग्र बजार पूँजीकरण १ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको थियो ।
माइक्रोसफट् भन्दा पहिलेका अन्य ३ कम्पनीहरुले १० खर्ब डलर बजार पूँजीकरणको आँकडा पार गरिसकेका छन् ।
चीनको सरकारी स्वामित्वको कम्पनी पेट्रो चाइना उक्त उपलब्धी हासिल गर्ने विश्वको पहिलो कम्पनी बनेको थियो । शांघाई स्टक एक्सचेञ्जमा सूचीकृत यस कम्पनीले सन् २००७ मा १० खर्ब डलरको बजार पूँजीकरणको आँकडा पार गरेको थियो । त्यसपछि उक्त आँकडा पार गर्ने कम्पनीमा अमेरिकी प्रविधि कम्पनी एप्पल दोस्रो र अमेजन तेस्रो कम्पनी बनेको थियो । एजेन्सी