रसुवागढीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दुवै आयोजनाको आइपिओ आगामी बिहीबार बाँडफाँड गरिने भएको हो ।
क्यापिटलका अनुसार परेका आवेदनहरु बदर नभएको अवस्थामा रसुवागढीका आवेदकले बढीमा ४० कित्ता शेयर र सान्जेनकाले २० कित्ता पाउने देखिएको छ ।
साञ्जेन जलविद्युतको आइपिओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख ३२ हजार ८४० कित्ता खरीदका लागि आवेदन दिएका छन् । साञ्जेनले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्ड लाई छुट्यार बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिनेछ ।
यस्तै, रसुवागढीको आइपिओमा ३ लाख ७ हजार ७५ जनाले १ करोड ७६ लाख ५ हजार २१० कित्ता खरीदका लागि आवेदन दिएका छन् । कम्पनीले एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता सर्वसाधारणलाई वितरण गरिनेछ ।
साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निश्कासन गरेका थिए । साञ्जेनको आइपिओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।