आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ल्याउँदैछन विदेशबाट ऋण, कसले कति ?

Apr 27, 2019 Merolagani

- सुधा देवकोटा
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले विदेशीबाट ऋण ल्याएर कर्जा लगानी गर्नसक्ने व्यवस्था गरेपछि आधादर्जन बैंक तथा वित्तीय संस्थाहरु ऋण ल्याउने प्रक्रियामा रहेका छन्। राष्ट्र बैंकका अनुसार हाल एक वाणिज्य बैंक सहित चार बैंक तथा वित्तीय संस्थाले विदेशबाट ऋण ल्याउन स्वीकृती लिएका छन् ।

बैंक तथा वित्तीयहरु संस्थाहरुमा समय समयमा देखा पर्ने लगानी योग्य रकम (तरलता) को समस्यालाई समाधान गर्न बैंक तथा वित्तीय संस्थाहरुले विदेशबाट ऋण ल्याउने भएका हुन् । 

 बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको चालीस प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिनसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसका लागी बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेका मापदण्डहरु पुरा भने गर्नुपर्छ ।

हाल विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ६ करोड ६ लाख ६ हजार ४१४ अमेरिकन डलर र एक करोड १० लाख जापानी येन ऋण ल्याउन राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेका छन्।

राष्ट्र बैंकमा विदेशबाट कर्जा ल्याउन आवेदन गर्ने बैंक तथा वित्तीय संस्थाहरुमा वाणिज्य बैंकमा एनएमबि बैक रहेको छ। एनएमबिले दोस्रो चरणमा ऋण ल्याउन स्वीकृती पाएको हो । त्यस्तै र्निधन उत्थान लघुवित्त, आरएमडिसि लघुवित्त र मानुश्री लघुवित्तले अन्र्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउने भएका हुन् । 

जसमा एनएमबि बैंकले विदेशी विभिन्न बैंक तथा वित्तीय संस्थाले चार करोड अमेरिकन डलर ऋण ल्याउने भएको हो। बैंकले अमेरिका स्थित इन्ट्रनेशनल फाइनान्स कर्पोरेट (आइएफसी) तथा वेलायतको सिडिसि ग्रुप पिएलसि माफर्त एक करोड ५० लाख अमेरिकन डलर र माइक्रो स्मल एण्ड मिडियुम इन्ट्रप्रइजेज बोन्ड (एमएसएमई)बाट एक करोड अमेरिकन डलर ऋण ल्याउने सम्झौता गरेका छन् ।

र्निधन उत्थान लघुवित्तले होल पलानेट फाउन्डेसन र आइएफसीबाट ऋण ल्याउने भएको हो । लघुवित्तले होल पलानेट फाउन्डेसनबाट एक करोड अमेरिकन डलर र आइएफसीबाट ६ लाख ६ हजार ४१४ अमेरिकन डलर ऋण ल्याउने सम्झौता भएको हो।

त्यसैगरी आरएमडिसि लघुवित्तले अमेरिकन आइएफसी संस्थाबाट एक करोड अमेरिकन डलर र मानुश्री लघुवित्तले जापानी एपिएफ संस्था मार्फत एक करोड १० लाख जापानी येन ल्याउन लागेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले यसरी ल्याएको ऋण जथाभावी लगानी गर्न सक्ने छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार यसरी ल्याएको ऋण जलविद्युत उत्पादन तथा प्रशारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधारका साथै पर्यटन, कृषि र लघुवित्त क्षेत्रहरुमा लगानी गर्न सक्ने छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।