छिमेक लघुवित्तको ४०% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Apr 28, 2019 Merolagani

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने गर्ने आइतबार (बैशाख १५ गते ) अन्तिम दिन रहेको छ। १७ औं वार्षिक साधारण सभाका लागि कम्पनीले बैशाख १६ गते सोमबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ। यसअनुसार आइतबारसम्म कायम रहने छिमेकका शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

बैशाख १२ गते बिहीबार कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता एक हजार ४४ रुपैयाँमा कारोबार भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले १७ औ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम छ।

यस्तै सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायत समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ।

हाल चुक्ता पूँजी एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

लघुवित्तले बैशाख ३० गते सोमबार हेटौडा स्थित होटल सामनाको सभाहलमा बिहान १०ः३० बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।