सप्तकोशीमा बिलय हुन लागेको काबेली विकास बैंकको नाफा ८१% बढ्यो

Apr 28, 2019 Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जर प्रकृयामा रहेको काबेली विकास बैंक (KEBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९५ लाख १८ हजार रुपैयाँ अर्थात ८१.४५ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले एक करोड १६ लाख ८६ हजर रुपैयाँ खुद नाफा कमाएको थियो । 

चुक्ता पूँजी २८ करोड ४३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ कारेड १९ लाख रुपैयाँ सच्चित छ ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैकले ८० करोड ३४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा बैंकले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज अम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा एक करोड ८२ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले चार कारोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंंकमा निष्कृय कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २८ पैसा छ । मूल्य आम्दानी अनुपात १८.१० गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।