गुहेश्वरी र रिलायन्स फाइनान्स दुबैको नाफामा सुधार, कुन फाइनान्स कस्तो ?

Apr 28, 2019 Merolagani

आइतबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने गुहेश्वरी र रिलायन्स फाइनान्स दुबैले खुद नाफामा सुधार गरेको विवरण सार्वजनिक गरेका छन। गत वर्षको यसै अवधिको तुलनामा गुहेश्वरीले १ करोड ५३ लाख  र रिलायन्सले ९७ लाख रुपैयाँले खुद नाफा बढाएको विवरण पस्केको छ।

गुहेश्वरी फाइनान्सको खुद नाफा डेढ करोडले बढ्यो

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५ करोड ३१ लाख रुर्पयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ५३ लाख रुपैयाँले बढी हो । गत वर्ष ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १७ करोड ९० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सले ३ अर्ब ४० करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ६ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा फाइनान्सले ५ करोड रुपैयाँ सापटि लिएको छ ।

चालु आर्थिक वर्षको नौं महिना सम्ममा फाइनान्सले ३६ करोड २३ लाख रुपैयाँ ब्याज आम्दानी गरेर २४ करोड ५१ लाख रुपैयाँ ब्याज खर्च गर्दा ११ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष फाइनान्सले खुुद ब्याज आम्दानी ९ करोड ९१ लाख रुपैयाँ थियो ।

खराब कर्जा अनुपात ०.७६ प्रतिशत पुगेको छ । गत वर्ष यो अनुपात ०.३८ प्रतिशत थियो । फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात १४.६९ गुणा बढी छ ।

रिलायन्स फाइनान्सको नाफा करिब एक करोड ले बृद्धि

रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९७ लाख रुपैयाँले खुदनाफा बढाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले यस अवधिमा २ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २६ करोड २८ लाख रुपैयाँ संचित छ ।

यस अवधिमा ३ अर्ब ८१ लाख रुपेयाँ निक्षेप संकलन गरी ३ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

४० करोड ५१ लाख रुपैयाँ व्याज आम्दानी गरेको फाइनान्सले २६ करोड ९८ लाख रुपैयाँ व्याज वापत भुक्तानी गरेर १३ करोड ५२ लाख रुपैयाँ खुदव्याज आम्दानी गरेको छ ।

रिलायन्सको खराब कर्जा अनुपात उल्लेख्य बृद्धि भएको छ । गत वर्ष १.८५ प्रतिशत रहेको यो अनुपात यस अवधिमा ३.४३ प्रतिशत पुगेको हो । फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ३३.६९ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।