नेपाल बैंकले निकाल्यो खुद नाफा घटेको वित्तीय विवरण

Apr 29, 2019 Merolagani

नेपाल बैंक (NBL) को खुद नाफा १२.५५ प्रतिशतले घटेको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा बैंकले चैत मसान्तसम्ममा दुई अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले दुई अर्ब ५६ करोड ७७ लाख नाफा कमाएको थियो।

नेपाल बैंकको व्यवसाय विस्तारबाट हुने ब्याज आम्दानीप्को वृद्धि ज्यादै न्यून वृद्धि हुँदा खुद नाफामा संकुचन आएको हो । एकातिर एफपिओबाट पूँजी वृद्धि गर्नु र अर्कोतिर नाफा घट्दा बैंकको प्रतिशेयर आम्दानीमा गिरावट देखिएको हो। 

गत आवको चैत मसान्तमा ४२ रुपैयाँ ५७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा खुम्चिएको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैयाँबाट बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

एक अर्ब ६२ करोडको लाभांश क्षमता, कति बाँड्न सक्छ ?

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख ७६ हजार रुपैंया खुद नाफा आर्जन गरेकोमा राष्ट्र बैंकले तोकेको विभिन्न व्यवस्थापन पश्चात बैंकको ९ महिना अवधिमा एक अर्ब ६२ करोड १६ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ ।

यसअनुसार बैंकले वार्षिक २ अर्ब १६ करोड २२ लाख वितरणयोग्य नाफा आर्जन गर्दा २२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । तर बैंकको रिटेर्न अर्निङ्ग गत ४३ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेकाले एक अर्ब ७२ करोड ५० लाख बराबरको लाभांश बाँड्दा १७.५८ प्रतिशत वितरण गर्न सक्दछ । उता शेयर प्रिमियम तीन अर्ब २६ करोड २८ लाखबाट ३३.२६ प्रतिशत लाभांश बाँडसक्ने क्षमता रहेको देखिन्छ ।

जगेडा कोषमा सधै गोलमटोल

नेपाल बैंकको जगेडा कोषको आकार गोलमटोल देखिएको छ। कुनै समय २४ अर्ब माथि जगेडा कोषको आकार देखाएको बैंकले यसअघि पनि घटाएर १९ अर्बको मात्र उल्लेख गरेको थियो । चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा बैंकले फेरि लगानीकर्तालाई अलमल पार्ने किसिमबाट जगेडा कोष देखाएको छ । बैंकको वित्तीय विवरणमा एफपिओबाट प्राप्त शेयर प्रिमियम, रिटेन्ड अर्निङ्ग र रिर्जब गरि तीन शिर्षकमा जगेडा कोष उल्लेख  छ ।

वित्तीय विवरण अनुसार बैंकसँग तीन अर्ब ६२ करोड २८ लाख शेयर प्रिमियम, एक अर्ब १८ करोड ६६ लाख रिटेर्न अर्निङ्ग र १५ अर्ब ६१ करोड १० लाख जगेडा कोष गरि कूल २० अर्ब ६ करोडको जगेडा कोष रहेको उल्लेख गरेको छ । गत चैतमा बैंकसँग १३ करोड २८ लाख शेयर प्रिमियम, १५ अर्ब २३ करोड ३६ लाख जगेडा कोष थियो भने ४३ करोड ७१ लाख रिटेर्न अर्निङ्ग ऋणात्मक रहँदा १४ अर्ब ९२ करोड ९३ लाख मात्र जगेडा कोष रहेको थियो ।

सरसरी हेर्दा अन्य बैंकजस्तो नभई पृथक रिर्पोट प्रकाशनले गोलमटोल लागेपनि हरेक शिर्षक अनुसारको रकम उल्लेख गरिनुले आम लगानीकर्तालाई सूचना सम्पे्रषणमा भने स्पष्टता देखाउँछ ।

खर्च वृद्धिले मुनाफा घट्यो

विभिन्न शिर्षकका खर्चको आकारमा आएको तिब्र बढोत्तरीका कारण बैंकको सञ्चालन मुनाफाको आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा तीन अर्ब ६१ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा अहिले तीन अर्ब १२ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

बैंकले यस अवधिमा निक्षेप संकलन ६.१२ प्रतिशतले बढाएर एक खर्ब ५ अर्ब ६३ करोड संकलन गरि कर्जा लगानीमा १६.७२ प्रतिशत बढोत्तरी गर्दै ८८ अर्ब १९ करोड १२ लाख प्रवाह गरेको छ ।

कोषको लागत बढ्दा बैंकको खुद ब्याज आम्दानीमा ३.७४ प्रतिशतको मात्र सुधार देखिन्छ । यस अवधिमा बैंकले ४ अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी कमाएको छ। व्याज खर्चमा देखिएको वृद्धिले बैंकको खुद व्याज आम्दानीको वृद्धि संकुचित भएको हो।

बैंकको प्रतिशेयर नेटवर्थ ३८४ रुपैयाँ ४७ पैसा, निष्कृय कर्जा अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२, कोषको लागत ४.९१ प्रतिशत,र मूल्य आम्दानी अनुपात ९.७३ गूणाले बढी छ ।

आधार ब्याजदर ०.२० अंकले घटेको बैंकको लगानीयोग्य रकम अभावका कारण बैंकहरुबीच निक्षेप खोसाखोस हुँदा कोषको लागत भने १.१४ अंकले बढेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।