देवः विकास बैंकसँग मर्जर प्रकृयामा रहेको सहाराले निकाल्यो सुधारउन्मुख प्रगति विवरण

Apr 29, 2019 Merolagani

देवः विकास बैंकमा विलय हुने प्रकृयामा रहेको सहारा विकास बैक (SHBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ६९ लाख रुपैयाँ अर्थात ५०.२८ प्रतिशतले बढी हो।

गत वर्षको तेस्रो त्रैमासमा बैंकले एक करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी १६ करोड ३३ लाख रुपैयाँ रहेको बैंकले जगेडा कोषमा ५ करोड ३७ लाख रुपैयाँ सञ्चित गरेको छ। चैत मसान्तसम्ममा ६२ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६४ करोड ४१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिमा बैंकले दुई करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा १५.३७ प्रतिशतले धेरै हो। गत वर्षको तेस्रो त्रैमासमा बैंकले दुई करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गतवर्षको तुलनामा यस त्रैमासमा बैंकले निष्कृय कर्जा अनुपात सुधार गरेको छ। बैंकले खराब कर्जा अनुपात १.६७ प्रतिशतबाट झारेर ०.१९ प्रतिशतमा पुर्याएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ९१ पैसा छ । मूल्यआम्दानी अनुपात ३६.३३ गुणाले बढी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।