महुली सामुदायिक लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो

Apr 29, 2019 Merolagani

महुली सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा १९ प्रतिशतले बढेको हो । गत वर्ष लघुवित्तले दुई करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफा बढाएको हो ।

चुक्त पूँजी १० करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ९ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्ममा ८३ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ८९ करोड ७८ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर एक अर्ब ९३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तले १० करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ५.४९ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड ६१ लाख रुपैयाँ थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.६९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २७७ रुपैयाँ ३६ पैसा छ । मूल्य आम्दानी अनुपात ४३.७० गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।