नेपाल एग्रो लघुवित्तले मंगलबार आईपिओ बाँडफाँड गर्ने, ९५% आवेदकको हात खाली हुने

Apr 29, 2019 Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NALBSL) को आईपिओ वैशाख १७ गते मंगलबार बिहान ९ बजे बाँडफाँड हुने भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा उक्त आईपिओ बाँडफाँड हुनेछ।

बिक्री प्रबन्धकका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त आईपिओ बाँडफाँड हुनेछ। यसअनुसार १५ हजार १२० आवेदकले मात्र गोलाप्रथाबाट उक्त शेयर प्राप्त गर्नेछन्। यो बैध आवेदकको ४.८० प्रतिशत मात्र हो। बैध आवेदकको ९५.२० प्रतिशत अर्थात दुई लाख ९९ हजार ८०५ आवेकदको हात खाली हुनेछ।

आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । जसमा तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर एक लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा २ हजार ४८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो। आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।