नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण,यसकारण भयो उच्च कारोबार

Apr 29, 2019 Merolagani

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई आर्कषक लाभांश वितरण गर्ने भएपछि इन्स्योरेन्सको शेयर खरिद बिक्रीमा चाप बढ्दै गएको हो ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सको बुक क्लोज मिति तोकेपछि नेपाल लाइफको दैनिक कारोबार बढ्न थालेको छ ।

सोमबार मात्रै नेपाल लाइफको सबैभन्दा धेरै १४ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सोमबार नेपाल लाइफको १ हजार ८८ पटक करोबार भएर एक लाख १२ हजार १९१ कित्ता शेयर किनबेच भएको छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैशाख १९ गते बुक क्लोज गर्ने जनाएको छ ।त्यस अनुसार मंगलबार १७ गते सम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको लाभांश पाउनेछ । वैशाख १८ गते मजदुर दिवसको सार्वजनिक विदाका कारण नेप्से बन्द हुनेछ ।

यस्तै लगानीकर्ता लाभांशको लोभमा लाग्दा इन्स्योरेन्सको शेयरमूल्य निरन्तर बढ्दो छ । सोमबार ४.५३ प्रतिशतले बढेको छ । इन्स्योरेन्सको शेयरमूल्य प्रति कित्ता एक हजार ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

 

नेपाल लाइफको शेयरमा लगानीकर्ताहरुको भिड लाग्द जीवन बीमा उपसमूहको सूचक समेत सबैभन्दा धेरै १३०.७२ अंकले बढेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षका नाफाबाट २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी जेठ ४ गते होटल दियालो वीरगञ्जमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।