नेपाल लाइफको ४८.५०% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका

Apr 30, 2019 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्ने बैशाख १७ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले १९ औं वार्षिक साधारण सभाका लागि बैशाख १९ गते बुकक्लोज गर्दैछ।

बैशाख १८ गते मजदुर दिवसको सार्वजनिक बिदा परेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको उक्त लाभांश पाउनेछन् ।

कम्पनीको शेयर बैशाख १६ गते सोमबार प्रतिकित्ता एक हजार ३१६ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल लाईफ आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी हो। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९:३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।