पोखरा फाइनान्सको नाफा घट्यो

Apr 30, 2019 Merolagani

पोखरा फाइनान्स (PFL) को खुद नाफा २४ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा ६ करोड २८ लाखमा सीमित भएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्सको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा भएको वृद्धिले फाइनान्सको नाफा घटेको हो ।

चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३१ करोड २० लाख रुपैयाँ सञ्चित छ । 

चैत्र मसान्तसम्ममा ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब २० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा १८ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ६ करोड एक लाख रुपैयाँ अर्थात ४८ प्रतिशतले धेरै हो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात १.४ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४० पैसा छ । मूल्य आम्दानी अनुपात १३.६१ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।