नयाँ नेपाल लघुवित्तको नाफा ८३ लाख

Apr 30, 2019 Merolagani

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तेस्रो त्रैमासमा लघुवित्तले २ लाख २६ हजार नाफा आर्जन गरेको थियो ।

२ करोड ४० लाखबाट ८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको लघुवित्तको जगेडा कोषको आकार पनि एक करोड ५२ लाख ९८ हजारबाट तीन करोड तीन लाख कायम भएको छ । 

चैत मसान्तसम्म ११ करोड ७४ लाख निक्षेप संकलन गरि ६१ करोड ९९ लाख कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले खुद व्याज आम्दानी एक करोड २६ लाखबाट वृद्धि भई २ करोड ६८ लाख आर्जन गरेको छ ।

यसैगरि गत वर्षको यसै समयमा ५ लाख ६९ हजारले सञ्चालन नोक्सानीमा रहेको लघुवित्त चालु आवको यसै अवधिमा ८ लाख ५३ हजार धनात्मक बनेको छ ।

समीक्षा अवधिमा ५० लाख रुपैयाँ खराब कर्जा असुलीले कम्पनीको खुद नाफालाई मजबुत बढोत्तरीमा आड दिएको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.३२ बाट १.९६ प्रतिशतमा सुधार गरेको छ ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ २१ पैसातथा प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ११ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।