सेञ्चुरी बैंकको नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले लिए शपथ

Apr 30, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) का नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर चिरजिञ्वी नेपाल समक्ष मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

सेञ्चुरी कमर्सियल बैंकको बैशाख १३ गते बसेको २८५ औं सञ्चालक समितिको बैठकद्धारा सञ्चालक राजेश कुमार श्रेष्ठलाई पुनस् बैंकको अध्यक्षमा चयन गरेको थियो।

यसअघि पनि गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका श्रेष्ठ पुन सर्वसम्मतिले चयन भएका हुन्।

बैशाख १२ गते सम्पन्न बैंकको आर्ठौं वार्षिक साधारण सभाबाट श्रेष्ट सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चयन भएका थिए । सो साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीकोे २ प्रतिशत बराबरको बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।