ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा

Apr 30, 2019 Merolagani

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बैशाख १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक नन्दकिशोर शर्मालाई अध्यक्षको चयन गरेको छ।

कार्यव्यस्तताको कारण पशुपति मुरारकाले दिएको राजिनामा चैत १ गते बसेको बैठकले स्वीकृत गरेको थियो। नवनियुक्त अध्यक्षले बीमा समितिबाट शपथ लिएपश्चात अध्यक्षको कार्यभार सम्हाल्नेछन्।

नन्दकिशोर शर्माले आईसिएफसि फाइनान्सको सञ्चालक तथा विभिन्न जीवन बीमा तथा वित्तिय संस्थाहरुमा संचालक तथा प्रबन्ध निर्देशकको रुपमाल ामो कार्य अनुभव हासिल गर्नु भएको छ ।

कम्पनीका उच्च पदाधिकारी र सञ्चालक सहित कम्पनीको बैठक कक्षमा आयोजित एक कर्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई कम्पनीको स्थापना कालदेखि पु¥याउनु भएको योगदान प्रति आभार व्यक्त गर्देै बिदाई गर्नुको साथै हाल चयन हुनु भएका अध्यक्ष नन्दकिशोर शर्मालाई स्वागत गरियो।

उक्त कार्यक्रममा कम्पनीको अध्यक्षको रुपमा नरहेतापनि सदैव कम्पनीलाई अवश्यक सल्लाह सुझावहरु निरन्तर प्रदान गरि रहने पशुपति मुरारकाले बताए। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।