रसुवागढीको आईपिओ : ४० कित्तासम्म मागेजति पाइने, भाग्यमानीलाई ५० !

Apr 30, 2019 Merolagani

रसुवागढी हाइड्रोको आईपिओमा आवेदन गरेका सबै आवेदकले कम्तिमा ४० कित्ता शेयर पाउने निश्चित भएको छ। हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले मेरोलगानीलाई दिएको जनकारी अनुसार केही आवेदकले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन्।

मेरोलगानीसँग कुरा गर्दै सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले भने 'सबै ४० कित्ताभन्दा तलको संख्यामा शेयर माग गर्ने सबै आवेदकले मागे जति शेयर पाउने निश्चित भएको छ । त्योभन्दा बढी शेयर माग्नेहरु मध्ये २५ हजार ६ सय हाराहारीका आवेदकले गोलाप्रथाबाट थप शेयर पाउँछन्।'

तिम्सिनाका अनुसार दोहोरो आवेदन गर्ने तथा विविध कारणले आवेदन रद्ध हुनेहरुको संख्या उल्लेख्य छ। यस्ता आवेदनलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

हाइड्रोको साधारण शेयरमा कुल ३ लाख ७ हजार वटा आवेदन परेको थियो। १० कित्ता शेयरका लागि आवेदन गर्नेहरुको संख्या धेरै भएका कारण उल्लेखित आवेदकहरुले ५० कित्तासम्म शेयर पाउने अवस्था बनेको हो।

९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारण्मा निष्काशन गरेको थियो । कूल १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर मध्ये कम्पनीका कर्मचारीलाई ४ लाख १० हजार ५२६, सामुहिक लगानी कोषलाई ५ लाख १३ हजार १५७ कित्ता शेयर छुट्याइएको थियो ।

रसुवागढी र साञ्जेनको साधारण शेयर बिहीबार उर्जा मन्त्रालयमा बाँडफाँड गर्ने बताइएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।