एक्सेल डेभलपमेन्ट बैंकमा देखिएन प्रगतिको छनक

May 01, 2019 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को प्रगति सुस्त देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ११ करोड ४४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकको खुद नाफा ११ करोड ११ लाख रहेको थियो।

गत आर्थिक वर्षको नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँमा स्थिर छ । पूँजी स्थिर बन्दा बैंकको प्रतिशेयर आम्दानीमा झिनो सुधार भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले समीक्षा अवधिसम्ममा ६ अर्ब ४६ करोड ५६ लाख निक्षेप संकलन गरेको बैंकले ५ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ कर्जा परिचलन गरेको छ । निक्षेप ४२.३१ र कर्जा विस्तार ४२.०३ प्रतिशतले वृद्धि गरेको हो ।

यसबाट बैंकले २७ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा बैंकले २३ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी कमाएको थियो।

बैंकको जगेडा कोषमा २२ करोड २८ लाखबाट बढेर २५ करोड ९८ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ। बैंकमा निष्कृय कर्जा १.०८ प्रतिशतको अनुपातमा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १३.०२ गुणा बढी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।