गत वर्ष चैत मसान्तसम्ममा फाइनान्सले चार करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको खुद ब्याज आम्दानीमा राम्रो सुधार गरेपनि खराब कर्जा नोक्सानी व्यवस्थापनमा ५ करोड ८ लाख रुपैयाँ छुट्टयाउँदा नाफामा संकुचन आएको हो।
चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १४ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।
चैत्र मसान्तसम्ममा तीन अर्ब २६ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले तीन अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा ११ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी तीन करोड ३९ लाख रुपैयाँले धेरै हो। गत वर्षको यसै अवधिमा फाइनान्सले ८ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आदानी गरेको थियो।
फाइनान्सको निष्कृय कर्जा अनुपातमा वृद्धि भएको देखिन्छ। निष्कृय कर्जा अनुपात ०.८९ प्रतिशतबाट बढेर ३.१६ प्रतिशतमा पुगेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २६ पैसा , प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात २८.४३ गुणा छ ।