गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४२ लाख रुपैयाँ धेरै हो । गत वर्ष लघुवित्तले एक करोड ३७ लाख रुपैका खुद नाफा आर्जन गरेको थियो ।
आईपिओ जारीपछिको पहिलो वित्तिय विवरणमा चुक्ता पूँजी ४२.४६ प्रतिशतले बढाएको लघुवित्तको नाफा ३०.६२ प्रतिशतले मात्र बढेको छ। लघुवित्तको पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । गत चैत मसान्तमा २६ रुपैयाँ १८ पैसा रहेको लघुवित्तको इपिएस २३ रुपैयाँ ९४ पैसामा संकुचित भएको हो ।
चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।
चैत्र मसानतसम्ममा ३३ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४५ करोड ४४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर ८९ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १५.१९ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले ४ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तमा निष्कृय कर्जा अनुपात १.४० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ९६ पैसा छ । मूल्य आम्दानी अनुपात २७.१६ गुणा छ ।