नेप्सेका अनुसार २५ प्रतिशत बोनसपछि इन्स्योरेन्सको शेयरमूल्य एक हजार १६ रुपैयाँ ८० पैसामा कायम भएको छ। समायोजित शेयरमूल्यलाई आधार मानेर बिहीबार कारोबार खुलेको छ।शेयरमूल्य समायोजन पश्चात कम्पनीको शेयरमूल्य घटेको छ ।
इन्स्योरेन्सको औसत आधारमूल्य भने १३५० रुपैयाँ ९० पैसा छ ।
इन्स्योरेन्सले आगामी जेठ ४ गते शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।
साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले बैशाख १९ गते बुकक्लोज गरेको हो।