गत वर्ष तेस्रो त्रैमाससम्ममा फाइनान्सको खुद नाफा ५१ लाख ६ हजार रुपैयाँ मात्र थियो।
फाइनान्सको खुद नाफा बढेपनि खराब कर्जा ८ करोड ८ लाख रुपैयाँ उठाएपछि फाइनान्सको खुद मुनाफामा उल्लेख्य रुपमा बढोत्तरी भएको हो। फाइनान्सको आम्दानीका सूचकहरु खासै सुधारात्मक देखिँदैनन्।
व्यवसायको आकारमा वृद्धि गरेर भन्दा खराब कर्जा असुलीले नाफा बढ्नुलाई सकारात्मक रुपमा लिन सकिँदैन। यस अवधिमा फाइनान्स १२ लाख ३९ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा छ।
चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३५ करोड २० लाख रुपैयाँ सञ्चित छ।
तेस्रो त्रैमाससम्ममा ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले १५ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १५ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
फाइनान्सको खुद ब्याज आम्दानी एक करोड ७३ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले यस अवधिमा ११ करोड ६२ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको हो ।
चैत मसान्तसम्ममा फाइनान्सले ५५ करोड ८ लाख रुपैयाँ व्याज आम्दानी गरेर ४३ करोड ४६ लाख रुपैयाँ व्याज बापत खर्च गरेको छ । यष्सबाट ११ करोड ६२ लाख मात्र खुद ब्याज आम्दानी गरेको छ ।
फाइनान्समाको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ११.३७ गुणा र निष्कृय कर्जा अनुपात ४.८९ प्रतिशत छ।