पुनर्बीमा कम्पनीको कमिशन आम्दानीभन्दा १८ गूणा धेरै कमिशन खर्च !

May 02, 2019 Merolagani

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब ९९ करोड ६ लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ४२ लाख ९४ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुनर्बीमा कम्पनीले निर्जीवन व्यवसायबाट दुई अर्ब ७९ करोड २० लाख ३९ हजार रुपैंया बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट १९ करोड ८६ लाख ३९ हजार रुपैंया मात्र बीमा शुल्क आर्जन गरेको छ । यसले जीवन बीमाभन्दा निर्जीवन बीमाको व्यवसायिक आकार धेरै रहेको देखाएको छ ।

यस अवधिमा कम्पनीले ५५ करोड ७९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले १ करोड ४३ लाख ४३ हजार रुपैयाँले खुद नाफा बढाएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ५४ करोड ३६ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

निर्जीवन बीमा व्यवसायबाट ५० करोड १२ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ७७ करोड ३० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको बीमा कोषमा एक अर्ब ११ करोड ३६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुनर्बीमा कमिशन शुल्क वापत ४ करोड ३५ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ भने ७४ करोड ८ लाख रुपैयाँ पुर्नबीमा कमिशनमा खर्च गरेको छ । कम्पनीको कमिशन आम्दानीका आधारमा कमिशन खर्चको आकार झण्डै १८ गूणाले बढी हो ।

कम्पनीले ५२ करोड ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जसमा निर्जीवन व्यवसायका लागि ४५ करोड ९९ लाख ९२ हजार रुपैयाँ भुक्तान गर्दा जीवन व्यवसायमा जम्मा ६ करोड १५ हजार रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ ।

कम्पनीले निर्जीवन बीमा दावी वापत २९ करोड ९२ लाख १६ हजार र जीवन बीमा दावी वापत ३ करोड ८७ लाख १९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।