रसुवागढी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसले कति पाए ?

May 02, 2019 Merolagani

रसुवागढी हाइड्रोपावर (RHCL) ले बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरेका साधारण शेयर बाँडफाँड भएको छ। उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम आईपिओ बाँडफाँड गरिएको हो।

रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० सम्म शेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै शेयर पाएका छन् । 

४० कित्ताभन्दा बढी शेयर माग गर्ने आवेदकलाई पनि ४० कित्ताका दरले समानुपाति रुपमा शेयर बाँडफाँड गरि बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरि कूल ५० कित्ता बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओमा कूल एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको माग भएको थियो। कम्पनीको आईपिओमा ३ लाख २ हजार ३४३ आवेदनबाट १.८३ गुणा बढी शेयर माग भएको होे।

बिक्री प्रबन्धकका अनुसार आईपिओमा आवेदन परेको ११ हजार ७१ वटा आवेदनबाट परेको ९ लाख ८७ हजार ३७० कित्ता शेयरको माग विविध कारणले रद्ध भएको छ भने पाँच हजार ३७० वटा ५ लाख ६० हजार ७६० कित्ता रिजेक्टेड भएको छ । दुई लाख ९१ हजार २७२ वटा आवेदनबाट एक करोड ६१ लाख २० हजार ४७० कित्ताको माग सदर भएको छ।

कम्पनीले सर्वसाधारणमा ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गरेकामा ४ लाख १० हजार ५२६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुका लागि र ५ लाख १३ हजार १५७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।