आइसिएफसि फाइनान्स द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

May 02, 2019 Merolagani

आइसिएफसि (@ICFC@) फाइनान्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती नगरपालिका वडा नं ८ खुरखुरे बजार स्थित शाखाको प्रांगणमा एक कार्यक्रम बिच निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविर ८७ वर्षिय टंक प्रसाद बुर्लाकोटीको स्वास्थ्य परीक्षण गरी शुभारम्भ गरीेएको उक्त कार्यक्रममा १९८ जनाको स्वास्थ्य तथा रगत जाँच समेत गरीएको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रम फाइनान्सको आयोजना तथा सिड मेडिकल ल्याबरेटोरीज प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो ।

आइ.सि.एफ.सि. फाइनान्सले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका वडा नं १० तथा रत्ननगर नगरपालिका वडा नं. २, चितवनमा अवस्थित सिड मेडिकल ल्याबरेटोरीज प्रा.लि.मा रक्त जाँच तथा अन्य परीक्षणमा २५% तथा हिमाल डेण्टल हस्पिटल प्रा.लि. भरतपुरमा दन्त परीक्षणमा २०% छुटको व्यवस्था गरेको छ ।

काठमाण्डौँको भाटभटेनीमा केन्द«ीय कार्यालय रहेको आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको देशभर १७ वटा शाखा कार्यालय रहेका छन् । चितवनमा नारायणगढ, जयमंगला, ज्योतिनगर तथा खुरखुरे सहित ४ वटा शाखा कार्यालयबाट ग्राहकलाई अत्याधुनिक बैँकीङ्ग सेवा दिइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।