लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशन गरेको हो । कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयरमा सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लघुवित्तको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिनेछ । लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत शुक्रबार कार्यालय समयभित्र आवेदन गर्न सकिनेछ ।
लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ । लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।
लघुवित्तको आईपिओलाई क्रेडिट रेटिङ्ग भने गराएको छैन । ३ करोड भन्दा कमको सार्वजाकि निष्काशन भएकोले क्रेडिट रेटिङ्ग गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएकोले क्रेडिट रेटिङ्ग नगराएको लघुवित्तले जनाएको छ ।
बीस गुणा बढी माग
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार लघुवित्तको आईपिओ १९.४७ गुणा अधिक शेयर माग भएको छ ।
लघुवित्तले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर निष्काशन गरेकोमा ४५ लाख ४८ हजार कित्ता शेयर माग भएको हो । आईपिओमा दुई लाख ४२ हजार ६०० जनाले आवेदन गरेका छ ।
हाल ६९ लाख लाख कमाएको लघुवित्तको ३ वर्षमा ४ करोड नाफा कमाउने प्रक्षेपण
गुराँस लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्ष २०७४/७५ मा ४६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो भने चालु आवको तेस्रो त्रैमाससम्म ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।उसले ३ वर्ष भित्र अर्थात आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाउने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४८ लाख २० हजार, आर्थिक वर्ष २०७६।७७ मा २ करोड ३ लाख प्रक्षेपण गरिएको छ ।
तीन वर्ष भित्र प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १० पैसा पुर्याउने लघुवित्तले अनुमान गरेको छ। गत आर्थिक वर्ष २०७४/७५ मा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा रहेको थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा छ।
चुक्ता पूँजी ५ करोड २५ लाख रहेको लघुवित्तको जगेडा कोषमा ५२ लाख ३२ हजार सञ्चित छ।