स्वावलम्बन लघुवित्तको खुद नाफा साढे २८ करोड

May 03, 2019 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा लघुवित्तको खुद नाफा ४ करोड ९५ लाख रुपैयाँ अर्थात २१ प्रतिशतले धेरै हो।

गत वर्ष चैत मसान्तसम्ममा लघुवित्तले २३ करोड ५९ लाख रुपैयाँ खदु नाफा कमाएको थियो। खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानीमा बढोत्तरी हुँदा लघुवित्तको नाफा सुधार भएको छ यद्यपी पूँजी वृद्धि अनुपातमा नाफा बढ्न नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानीमा संकुचन आएको हो । 

गत आवको चैत मसान्तमा ६२ रुपैयाँ ५३ पैसा रहेको लघुवित्तको इपिएस ६० रुपैयाँ ५३ पैसामा खुम्चिएको छ। बोनस वितरण गरेर २५ प्रतिशतले पूँजी वृद्धि भएको लघुवित्तको नाफा २१ प्रतिशत मात्र बढेको हो।

चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९८ करोड ७९ लाख रुपैयाँ छ । चैत मसान्तसम्ममा ७ अर्ब ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५ अर्ब ११ करोड २० लाख रुपैयाँ अरु बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर १३ अर्ब १३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिमा लघुवित्तले ७६ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १४ करोड ३५ लाख रुपैयाँ अर्थात २३ प्रतिशतले बढेको हो। गत वर्ष लघुवित्तले ६२ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्को प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ १० पैसा, मूल्य आम्दानी अनुपात १३.६६ गुणा र निष्कृय कर्जा अनुपात ०.९२ प्रतिशत छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।