समीक्षा अवधिमा कम्पनीले ४ करोड २४ लाख रुपैयाँ अर्थात ११४ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।
अधिकांश आख्दानीका सूचक सकारात्मक रहेको लघुवित्तको चुक्ता पूँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ४५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा १३ प्रतिशतले पूँजी बढाएको कम्पनीको जगेडना कोष ७३ प्रतिशतको आकर्षक सुधार भएको हो ।
चैत मसान्तसम्ममा एक अर्ब ८२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब १७ करोड ८० लाख रुपैयाँ अरु बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर चार अर्ब ७८ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको । यो गत वर्षको यसै अवधिको तुलनामा ५ करोड २९ लाख रुपैयाँ अर्थात २३.४२ प्रतिशतले बढेको हो । गत वर्ष लघुवित्तले २२ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तमा निष्कृय कर्जा अनुपात १.६८ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७५ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा छ । मूल्य आम्दानी अनुपात १४.८० गुणा छ ।