राेयल्टी र प्रशासिनक खर्च व्यापक बढ्दा चिलिमेकाे नाफा ११ कराेड घट्याे

May 04, 2019 merolagani

चिलिमे जलबिद्युत(CHCL)को खुद नाफामा गिरावट आएको छ । गत बर्षको तेश्रो त्रैमासमा ६५ करोड ८५ लाख कमाएको चिलिमेले यो बर्ष सोही समयमा ५४ करोड ३६ लाखमात्र कमाएको छ । समीक्षा अवधिमा चिलिमेले ११ करोड नाफा कम कमाएको छ ।

कम्पनीको रोयल्टी खर्च र प्रशासनिक खर्च बढ्न जाँदा त्यसको सिधा असर खुद नाफामा परेको छ । चिलिमेले व्याज आम्दानी गत बर्षको तुलनामा ४४ प्रतिशतले बढाएपनि खर्च बृद्धिको अनुपातलाई सन्तुलन गरेको पाइएन । यो बर्ष परियोजनाको जलबिद्युतुल केन्द्र सन्चालन खर्च र प्रशासनिक खर्चमा व्यापक बढोत्तरी भएको छ ।

चिलिमेको चुक्ता पूँजी हाल चार अर्ब ७५ करोड रहेको छ भने शेयरधनी जगेडा कोष पनि ४ अर्व ५१ करोड रकम बराबर छ । उसले गत बर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैया रहेको छ जव कि गत बर्ष यही समयमा २२ रूपैया १४ पैसा थियो । यसैगरी प्रतिशेयर नेटवर्थ पनि २१८ बाट १९४ रूपैयाँमा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा छ ।

चिलिमेले रसुवामा २२ मेगावाटको आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ भने रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा २७० मेगावाटका आयोजनाहरू बनाई रहेको छ । ती आयोजनाहरूमा ४० प्रतिशत हिस्सेदारी छ ।

कम्पनीलाई नयाँ परियोजनाहरू सन्चालनको लागि थप रकम आवश्यक छ भने नाफा पनि यो बर्ष घटेर आएको देखिन्छ ।

गत बर्ष भन्दा यस बर्ष कम प्रतिशत लाभांश दिनसक्ने स्थिति रहेपनि आयोजना निर्माण सम्पन्न भइसकेर लाभाँश दिने अवस्थामा चिलिमे जलबिद्युत कम्पनी लगानीकर्ताको रोजाइमा पर्न सक्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।