मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानीमा सुधार, जगेडा कोषमा अर्ब बढी

May 05, 2019 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को खुद नाफा गत वर्षको चैत मसान्तको तुलनामा ४०.११ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ।

बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले सुधार भएकोे छ । गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा पुगेको हो । 

बैंकको व्यवसायको आकारसँगै खुद ब्याज आम्दानी बढेसँगै पूँजीवृद्धिको बाबजुत बैंकको प्रतिशेयर आम्दानी सहित समग्र सूचाङ्कमा उत्साहप्रद सुधार देखिएको हो ।

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४६.२६ प्रतिशतले बढेर एक अर्ब २९ करोड पुगेको छ । गत आवको ९ महिनामा बैंकल ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाखे छ भने जगेडा कोषमा ३४ प्रतिशतले सुधार गर्दै एक अर्ब ५ करोड सञ्चित गरेको छ । बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३६ अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले निक्षेप ७० प्रतिशत र कर्जा लगानी ६५ प्रतिशतले बढाएको हो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा तथा मूल्य आम्दानी अनुपात १३.६७ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।