साना किसान लघुवित्तको नाफा २४ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानीमा भएन सुधार

May 05, 2019 Merolagani

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा साना किसान विकास लघुवित्तले ३४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २४ प्रतिशत भन्दा धेरैले बढेको हो ।

गत वर्षको यसै अवधिमा लघुवित्तले २७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संचालन मुनाफा तथा खुद ब्याज आम्दानीमा बढोत्तरी हुदाँ लघुवित्तको खुद नाफा बढेको हो ।

लघुवित्तको नाफा बढेपनि पूँजी बढेको अनुपातमा कमाई गर्न नसक्दा प्रतिशेयर आम्दानी केही खस्केको छ । लघुवित्तको २५ प्रतिशतले चुक्तापूँजी बढेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ५९ पैसा छ । गतबर्षको यसै अवधिमा ५९ रुपैयाँ चार पैसा थियो ।

गतबर्षको यसै अवधिको तुलनामा १७ प्रतिशतले निक्षेप बढाएको लघुवित्तले झण्डै १६ प्रतिशतले कर्जा परिचालन बढाएको छ । चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ ।

लघुवित्तको निष्कृय कर्जा ०.१५ प्रतिशत, प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ ५६ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १५.५९ गुणाले बढी छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।