सूचीकरणसँगै सोमबारदेखि आईपिओ परेका लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
लघुवित्तले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ छुट्टाएर दुई लाख ५२ हजार कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो।
आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६२.५०:३२.५० कायम भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६० लाख ३९ हजार नाफा आर्जन गरेको छ ।