हिमालयन बैंक सहित चार कम्पनीको बोनस सूचीकृत

May 05, 2019 Merolagani

हिमालयन बैंक सहित चार कम्पनीको बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ। हिमालयन बैंक, मिसन डेभलपमेन्ट बैंक, सोल्टी होटल र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको गरि कूल एक करोड १५ लाख ९६ हजार ५१.२२ कित्ता बोनस सूचीकृत भएको हो।

हिमालयन बैंकको ४० लाख ५७ हजार २५६ कित्ता, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८ दशमलव २२ कित्ता, सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ३ लाख ७ हजार ४२४ बोनस कारोबारका लागि सूचीकरण गराएका हुन् । 

गत आर्थिक वर्षको नाफाबाट आफ्नो शेयरधनीहरुलाई हिमालयन बैंकले चुक्ता पूँजीको ५ प्रतिशत, मिसनले ११ प्रतिशत, सोल्टी होटलले १० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले २५ प्रतिशत बोनस वितरण गरेका थिए । सोही बोनस बैशाख २२ गते आइतबार सूचीकृत गरिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।