डिप्रोक्स लघुवित्तको नाफा ६२ प्रतिशत बढ्यो

May 06, 2019 Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) को खुद नाफा चालु आवको तेस्रो त्रैमाससम्म ६१.८० प्रतिशतले बढोत्तरी भएको छ। गत आर्थिक वर्षको चैत मसान्तमा १७ करोड ७५ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले २८ करोड ७२ लाख नाफा कमाएको हो।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत १५ रुपैयाँ ८५ पैसा बढेर वार्षिक ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको लघुवित्त खुद ब्याज आम्दानी २८.३९ र र सञ्चालन नाफा ६८.२९ प्रतिशले बढेको छ । लघुवित्तले ५८ करोड ४० लाख ब्याज आम्दानी र ३८ करोड ७३ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

गत आवको चैतमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ करोड ४८ लाख रुपैयाँ र सञ्चालन नाफा २३ करोड एक लाख थियो।

चालु आवको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ अर्ब ३४ करोड ३१ लाख निक्षेप संकलन तथा ६ अर्ब ६ करोड बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर गरी १० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

गत वर्षकोे नाफाबाट दश प्रतिशत बोनस वितरण गरेको रहेको डिप्रोक्सको चुक्ता पूँजी ७७ करोड ३४ लाख र जगेडा कोषको आकार ४० प्रतिशतले सुधार गर्दै ६४ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ११ पैसा र खराब कर्जा अनुपात ०.८८ प्रतिशत छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।