किसान माइक्रोफाइनान्सको नाफा बढ्यो, पूँजी कोषमा दबाब

May 06, 2019 Merolagani

किसान माइक्रोफाइनान्स (KMFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । कम्पनीले चैत मसान्तसम्म एक करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको यसै अवधिको ६३ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तको खुद नाफा १०९.६४ प्रतिशत अर्थात ६९ लाख ४३ हजार रुपैयाँले बढेको हो ।

लघुवित्त कम्पनीको पूँजीकोष अनुपात ८ प्रतिशतमा झरेको छ। पूँजी अभावलाई सन्तुलन गर्न कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद बिक्रीबाट सन्तुलन गर्न खोजेको छ ।

८ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवको चैत मसान्तमा वार्षिक २१ रुपैयाँ ११ पैसा रहेको लघुवित्तको इपिएस १९ रुपैयाँ ७१ पैसामा कायम भएको छ ।

पूँजी वृद्धि उच्च हुँदा इपिएसमा गिरावट देखिएको हो । कम्पनीले शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधारण सभाबाट पारित रहेको छ । लघुवित्तको जगेडा कोष भने ४ करोड ८ लाखबाट दुई करोड ३४ लाख रुपैयाँमा घटेको छ ।

चैत्र मसान्तमासम्मा ३४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९८ करोड ६० लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर एक अर्ब ३९ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ५ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा ५१ प्रतिशतल बढोत्तरी भएको हो । गतवर्ष लघुवित्तले तीन करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ६ पैसा छ । मूल्य आम्दानी अनुपात ४२.१६ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।