अमेरिकाद्धारा २ सय अर्ब डलरको चिनीयाँ सामानमा शुल्क वृद्धि

May 06, 2019 Merolagani

चीनसँगको व्यापार वार्ताका बीच अमेरिकाले चीनबाट आयात हुने २ सय अर्ब डलर बराबरको सामानमा आयात शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ । अमेरिकाले १० मे देखि उक्त शुल्क लागू गर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गरेर शुल्क बढाएको बताएका हुन् । साथै चीनले अमेरिकासँगको व्यापार वार्ता एकदमै सुस्त बनाएको भन्दै उनले ३२५ अर्ब डलर बराबरको थप चिनीयाँ सामानमा छिट्टै २५ प्रतिशत शुल्क लगाउने चेतावनी समेत दिएका छन् ।

चीनको उच्च स्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको व्यापार वार्ताका शिलशिलामा बुधबार अमेरिका जाने कार्यक्रम रहेकोमा अब ट्रम्पको चेतावनीका कारण चीनले उक्त कार्यक्रम रद्द गर्नसक्ने बताइएको छ ।

ट्रम्पले भने, चीनले १० महिनादेखि ५० अर्ब डलरको आयातमा २५ प्रतिशत र २ सय अर्ब डलरको आयातमा १० प्रतिशत शुल्क दिदैँ आएको छ । चीनका साथ व्यापार वार्ता जारी रहेको छ तर यसको गति एकदमै सुस्त भइरहेको छ । किनकि चीन फेरी पनि सम्झौता गर्न चाहन्छ ।

अमेरिका र चीनका बीच गत वर्षको मार्च महिनादेखि व्यापार युद्ध सुरु भएको थियो । दुवै देशले एक अर्काको सामानमा आयात शुल्क बढाएका थिए । नोभेम्बरमा जी–२० सम्मेलनका क्रममा डोनाल्ड ट्रम्प र चीनीया राष्ट्रपति शी–जिनपिङबीच व्यापार युद्धको अन्त्य गर्नका लागि व्यापार वार्ता गर्ने सहमति भएको थियो । दुवै देश मार्चसम्म एक अर्काको सामानमा शुल्क नबढाउनका लागि सहमत भएका थिए ।

अमेरिका चीनका साथ आफ्नो व्यापार घाटा कम होस् भन्ने चाहिरहेको बताइएको छ । गत वर्ष चीनका साथ अमेरिकाको व्यापार घाटा ३७८ अर्ब ७३ करोड अर्ब डलर पुगेको थियो । एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।