लक्ष्मी लघुवित्तको ६३ औं शाखा सिराहाको धनगढीमाईमा

May 06, 2019 Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले सिराहा जिल्लाको धनगढीमाई न.पा.मा ६३ औं शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ। उक्त शाखाको उद्घाटन प्रमुख अतिथी तथा धनगढीमाई न.पा.का मेयर हरिनारायण चौधरी र लघुवित्तको सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले गरेका थिए।

प्रमुख अतिथी मेयर चौधरीले लघुवित्त कार्यक्रममा कर्जाको साथ साथै वित्तीय साक्षरता कार्र्यक्रमलाई पनि अगाडी बढानुपर्ने, कर्जाको दोहोरोपनामा विशेष ख्याल गर्नुपर्ने, कर्जालाई उत्पादनशील कार्यमा लगाउन ग्राहकहरुलाई सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने, लघुवित्तले गरिबी निवारणमा टेवा पु¥याउनुपर्ने तथा कार्यक्रम विस्तार गर्दा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए।

सञ्चालक समितिका अध्यक्ष लिम्बुले लक्ष्मी बैंकको सेवा सुविधाहरु लघुवित्तको शाखाहरुबाट प्रदान भैरहेको र त्यसलाई आगामी दिनमा थप प्रभावकारी बनाई ग्राहकहरुलाई क्रमशः आधुनिक प्रविधीको सेवा सुविधा प्रदान गर्ने काम भैरहेको बताए ।

उनले लघुवित्तको क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउने किसिमबाट लक्ष्मी बैंकको समेत सोच रहेकोले संस्थालाई लक्ष्मी बैंकको तर्फबाट आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान भइरहेको बताए।

समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संस्थाको कारोबारलाई थप प्रविधीमैत्री बनाउदै ब्यवसाय विस्तार, गुणस्तरीय सेवा, नियमनकारी निकायको नीति निर्देशनको अनुपालन एवम् ग्राहक सन्तुष्टीलाई ध्यान दिँदै भविष्यमा ग्राहकले रोजेको लघुवित्तको रुपमा संस्थालाई स्थापित गर्ने उल्लेख गरे।
लक्ष्मी लघुवित्त नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । संस्थाको अधिकृत पूँजी ४० करोड र चुक्ता पूँजी २४ करोड २० लाख रहेको छ । संस्थाले विपन्न वर्गका परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य लिएको छ ।

 लघुवित्तले चैत्र मसान्त २०७५ सम्ममा ४९ वटा जिल्लामा शाखा सञ्जाल विस्तार गरि ग्रामीण, पीछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ ।

संस्थाले आफ्नो सदस्यहरुबाट एक अर्ब १८ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४३ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैँकिङ्ग एजेन्टको रुपमा कारोबार समेत संचालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।