“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुलनाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै सञ्चालनमा रहेको सेवाम सुविधाहरु थप गरेको हो ।
यो सेवाप्रयोगकर्ताहरुले बायोमेट्रिक लगइन, क्यू आर कोड पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदी भुक्तानी, आफ्नो बैंक खाताको रकम अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्न, इ सेवामा रकम जम्मागर्न, मोबाइल टपअप जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखातथा ३७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबिबिएस, एसएमएस तथा इन्टनेट बैंकिङ्ग, र सि आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।