शिवम् सिमेन्ट्समा एकाएक चमक, ९ कारोबार दिनमा २७.२१% बढ्यो शेयरमूल्य

May 06, 2019 Merolagani

शिवम् सिमेन्ट्सको पछिल्लो तीन कारोबार दिनमा शेयरमूल्य सहित उच्च कारोबार हुन थालेको छ । कम्पनीको शेयरमूल्य पछिल्लो ९ कारोबार दिनमा मात्रै २७.२१% अर्थात प्रतिकित्ता ८३ रुपैयाँले बढीसकेको छ भने गत बुधबार यता नै ६० रुपैयाँ उकालो लागेको छ।

गत बिहीबार साढे २ करोडको शेयर खरिद बिक्री भएको कम्पनीको आइतबार र सोमबार क्रमश: ४ करोड ६३ लाख र ४ करोड ९४ लाखको शेयर खरिद बिक्री भएको छ । सोमबार मात्र ६९१ पटकको कारोबारबाट कम्पनीको एक लाख ३२ हजार कित्ता शेयर  कारोबार भएको हो । यस्तै शेयरमूल्य बढेर प्रतिकित्ता ३८८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा शिवम् सिमेन्टको मार्च २४ तारिख अर्थात चैत १० गते कम्पनीको चैत पहिलो शेयर कारोबार भएको थियो। सो दिन कम्पनीको शेयर ४६४ रुपैयाँमा कारोबार खुला भएकोमा सोही दिन ४६ रुपैयाँ अर्थात ९.९१ प्रतिशत घटेर ४१८ रुपैयाँमा बन्द भएको थियो।

यसपश्चात कम्पनीको शेयरमूल्य ३ दिन सर्किट पश्चात चैत १२ गते ३४० रुपैयाँमा आएर स्थिर बनेको थियो। यस पश्चात कम्पनीको शेयरमूल्य १७ अप्रिल अर्थात बैशाख ४ गते ३०५ रुपैयाँसम्म झर्न पुग्यो। 

यसबीचमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बजारमूल्यको १० प्रतिशतभन्दा कम लाभांशमा नेप्सेले शेयरमूल्य समायोजन नगर्ने भएपनि कम्पनीले तेस्रो वार्षिक साधारण सभा (बैशाख ९ गते सम्पन्न) का लागि बुकक्लोजको दिन चैत २६ गते बजारमा कम्पनीको शेयरमूल्य ३२९ मा खुलेकोमा २१ रुपैयाँले करेक्शन भएर ३०८ मा बन्द भएको थियो।

यसबीचमा प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँमा आईपिओ बिक्री गरेको कम्पनीको शेयर बैशाख अप्रिल २२ तारिख अर्थात बैशाख ९ गते प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार बन्द थियो। यसपश्चात भने कम्पनीको शेयरमूल्य क्रमश ३१०, ३०७, ३१०, ३२४, ३२०, ३२८, ३४४, ३५८, हुँदै मार्च ६ तारिख अर्थात बैशाख २३ गते आइपुग्दा प्रतिकित्ता ३८८ रुपैयाँको उचाईमा पुगेको छ ।

कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा शेयर कारोबार संख्या, रकम र शेयरमूल्यमा देखिएको उच्च बढोत्तरीले चैत मसान्तसम्म कम्पनीको नाफा बाहिरिएकाले पनि कम्पनीको उच्च शेयर कारोबार भएको हुनसक्ने एक ब्रोकर बताउँछन् । अर्कोतर्फ कम्पनीको वित्तीय आधार बलियो रहेकोले पनि अण्डर भ्यालु रहेको शेयर एकाएक बढेको उनको बुझाई छ ।

अर्कोतर्फ आईपिओकै मूल्यमा सस्तामो शेयर उठाएका लगानीकर्ताले वित्तीय विवरणलाई आधार मानेर नाफा कमाउने उदेश्यका साथ शेयरमूल्यमा चलखेलको प्रपञ्च रचिएको विगत एक दशक यता शेयर बजारमा नै सकिय कारोबार गरिरहेका एक लगानीकर्ताले मेरोलगानीलाई बताए। नाम नबताउने शर्तमा उनले भने एकाएक शेयरमूल्यमा देखिएको उच्च बढोत्तरी भएकाले लगानीकर्ताले सजग रुपमा लगानी रणनीति लिनुपर्ने उनको सुझाव छ ।

बैशाख १५ गते पहिलो पल्ट एक करोड ४७ लाख बढीको शेयर कारोबार भएको शिवम् सिमेन्ट्सको बैशाख १९ गते बिहीबार दुई करोड ५२ लाख, २१ गते आइतबार ४ करोड ६८ लाख र बैशाख २३ गते सोमबार पनि ४ करोड ९४ लाखको शेयर खरिद बिक्री भएको छ ।

पछिल्लो तीन कारोबार दिनमा नै ६० रुपैयाँ अर्थात कम्पनीको शेयरमूल्य १८.२९ प्रतिशत अर्थात ६० रुपैयाँले बढीसकेको छ। एकाएक बढेको शेयरमूल्यले अगामी दिनमा कस्तो मोड लिन्छ त्यो भने समयले नै बताउला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।