गत आर्तिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५५ करोड रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र ४८ करोड १२ लाख रुपैंया खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र ५८ करोड ९१ लख रुपैंया खुद नाफा कमाएको हो ।
एनएफआरएस रिपोर्टिगं प्रणाली अनुसार बैंकले १ अर्ब १० करोड रुपैंया बितरणयोग्य मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको तुलनामा बैंकले निक्षेप तथा कर्जा परिचालनको आकार बढाएर व्याज आम्दानीको आकारमा सुधार गरेको छ । यद्यपी बैंकका लगानीकर्ताले गरेको अपेक्षा अनुसारको प्रगति बैंकले गर्न नसकेको देखिन्छ ।
पछिल्ला दिनहरुमा अरु वाणिज्य बैंकहरु प्रतिष्पर्धी बन्दै गए पछि आकर्षक व्याजदर घोषणा गर्ने अभियानमा स्टाण्डर्ड चार्टर्ड बैंक पुगेको छ । यसले बैंकको चौथो त्रैमासिक वित्तीय विबरणमा सकरात्मक असर छोड्ने देखिन्छ ।
आठ अर्ब १ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैंया सञ्चित छ । २८ रुपैंया ८७ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको मूल्य आम्दानी अनुपात २०.४७ गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैंया १ पैसा छ ।
बैंकको निष्कृय कर्जा अनुपात एक वर्षको अवधिमा ०.२१ प््रतिशतबाट ०.२० प्रतिशतमा झरेको छ ।