बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा झण्डै २० प्रतिशतले बढाएको हो ।
बैंकले १८ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने कर्जा परिचालन पनि १७ प्रतिशतले बढाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ७७ अर्ब ४४ करोड रुपैंया निक्षेप संकलन गरेको छ भने ७० अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस बाट बैंकले २ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैंया छ भने प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा छ । त्यसै गरी जगेडाकोषमा ३ अर्ब १३ करोड राखेको बैंकको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २० पैसा छ । १३.३९ गूणाले मूल्य आम्दानी अनुपात बढी रहेको बैंककानिष्कृय कर्जा अनुपात १.२ प्रतिशत छ ।