नविल बैंकलाई कमाई बढाउन सकस, खर्च धेरै बढ्दा यस्तो अवस्था

May 07, 2019 Merolagani

नविल बैंक (NABIL) ले चालु आर्थिक वर्षको त्रैमासमा तीन अर्ब १९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ३.१८ प्रतिशत अर्थात ९ करोड ८३ लाख रुपैयाँले बढेको हो । गत वर्ष बैंकले तीन अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले दुई अर्ब ३२ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ ।

यस त्रैमासमा बैंकको जगेडाकोषमा सकुचन आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकको जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ । गत वर्षको तुलनामा बैंकको जगेडा कोष २.३९ प्रतिशत अर्थात २२ करोड २४ लाख रुपैयाँले घटेको हो । गत वर्षको यसै अवधिमा बैकको जगेडा कोषमा ९ अर्ब २८ करोड ८२ लाख रुपैयाँ सञ्चित थियो ।

बैंकले निक्षेप संकलन र कर्जा परिचालनमा सामान्य सुधार गरेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले एक खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब २८ अर्ब १९ करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको निक्षेप संकलन १४.१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १७.५५ प्रतिशतले बढेको देखिन्छ ।

यस अवधिमा बैंकले ५ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी १८.३९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

५ अर्ब ९६ करोडको कुल सञ्चालन मुनाफालाई बैंकले एक वर्षमा ७ अर्ब पुर्याएको छ । तर माथि उल्लेख गरेका आम्दानीका शिर्षकमा भन्दा खर्चका शिर्षकको आकारमा देखिएको अधिक बढोत्तरीले बैंकको खुद नाफा वृद्धिको गतिमा अवरोध देखाएको हो । कर्जा तथा अन्य नोक्सानी, व्यक्तिगत खर्च, अन्य सञ्चालन खर्च, लगायतमा आएको अधिक बढोत्तरीका कारण नबिल बैंकको खुद नाफा सुस्त बनेको हो । यसले गर्दा बैंकको प्रतिशेयर आम्दानीका साथै अन्य सूचकलाई कमजोर बनाएको छ ।

९ अर्ब १ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको बैंकको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ २१ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैंया थियो भने प्रतिशेयर आम्दानी ५१ रुपैंया ७४ पैसा थियो ।

प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ३८ पैसा रहेको बैंकको मूल्य आम्दानी आनुपात १५.५८ गुणाले बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.६४ प्रतिशत छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।