बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि नियमित रुपमा भएको व्यवसायलाई केही फराकिलो बनाउन सकेको थियो ।
जसका कारण बैंकको खुद नाफामा फराकिलो सुधार भएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि पहिलो पटक त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरेको हो ।
बैंकले २७ अर्ब २० करोड ७५ लाख निक्षेप संकलन तथा एक अर्ब ७२ करोड ४५ लाख रुपैयाँ सापटि लिएर २३ अर्ब ९० करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा पनि २७ करोड २ लाख रुपैयाँले सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५३ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको बैंकले अहिले ८० करोड ८ लाख पुर्याएको हो । यस अवधिमा २ अर्ब २५ करोड ५० लाख रुपैयाँ व्याज आम्दानी गरि बैंकले १ अर्ब ४५ करोड ४१ लाख ब्याज खर्च गरेको छ ।
हाम्रो विकास बैंकको प्राप्तिसंगै चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने बेंकको प्रमुख वित्तीय अनुपातहरुमा परिर्वतन भएको छ । बैंकको जगेडा कोषमा ६३ करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।
बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ११.४१ गुणा बढी छ । १.२७ प्रतिशतको निष्कृय कर्जा अनुपातलाई सुधार गरेर बैंकले ०.९९ प्रतिशतमा झारेको छ ।
बैंकले नुवाकोटमा केन्द्रिय कार्यालय रहेको साविकको हाम्रो विकास बैंकलाई प्राप्ति गरी चैत १५ गते देखि एकिकृत कारोबार सुरु गरेको थियो ।