४ सय प्रतिशतले कमाई बढाउँदा १ रुपैंया प्रतिशेयर आम्दानी भएको कम्पनीको मूल्य आम्दानी अनुपात ७८ गूणा

May 07, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत केही कम्पनीहरुको वित्तीय अवस्थाले लगानीकर्तालाई चिन्तामा पार्ने गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि एउटा विकास बैंकले शेयरधीलाई निराश बनाउने वित्तिीय विबरण पस्किएको छ । झट्ट सुन्दा खुद नाफामा सयौं प्रतिशतको वृद्धि गरेको देखिए पनि समग्र अवस्थाले लगानीकर्तामा विकर्षण पैदा गराएको छ ।

कर्णाली डेभलपमेण्ट बैंक (KRBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४५७.२४ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफामा वृद्धि देखिएको हो । यस अवधिमा बैंकको सञ्चालन नाफामा ४५७.१९ प्रतिशतको बढोत्तरी देखिएको छ । यसरी बैंकले कमाई बढाएको खबरले शेयरधनी उत्साहित बन्नु स्वभाविक हो । तर अरु सूचकले भने बैंकका शेयरधनीलाई कुनै पनि कोणमा आशावादी बनाउन सक्ने अवस्था छैन ।

यस अवधिमा बैंकले निष्क्रिय कर्जा अुनपात ३.२९ बाट १.५७ प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात ७७.७८ गुणा बढी छ । प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातलाई आधार मान्ने हो भने बैंकका शेयरधनीले कुनै पनि किसिमको लाभांस अपेक्ष ागर्न सक्ने अवस्था देखिँदैन ।

चुक्ता पूँजी २३३ प्रतिशतले बढाएर ५० करोड २८ लाख पुर्याएको बैंकको जगेडा कोषमा ५ करोड १६ लाख रुपैयाँ सञ्चित छ । पूँजी अधिक मात्रामा बढाएका कारण नै बैंकको यो अवस्था आएको हो ।

२ अर्ब ९८ करोड निक्षेप संकलन गरेको बैंकले ७० प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले एक अर्ब ९४ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

चैत मसान्तसम्म बैंकले २२ करोड ४१ लाख ब्याज आम्दानी गरी १७ करोड ८४ लाख ब्याज खर्च गरेर ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्याज आम्दानी ३.४२ प्रतिशतले धेरै हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।