एनएमबि बैंकले परियोजना धितोमा दश लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने

May 07, 2019 Merolagani

एनएमबि बैंकले बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई परियोजना धितोमा प्रति व्यक्ति दश लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने बैंकको छ । बैंकले यस प्रकारको धितो एक अर्ब सम्म उपलब्ध गराउने जनाएको छ ।

परियोजना धितोमा ऋण प्रवाह गर्ने सम्बन्धी सम्झौतामा राष्ट्रिय युवा परिषद,एनएमबि बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपाल बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशिलता प्रबद्र्घन गर्ने उद्देश्यका साथ यस अन्तर्गत तीनै पक्षहरुले आपसी सहकार्य गर्ने भएका हुन ।

नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि,२०७५ कार्यान्वयनमा सहयोग पु¥याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडी रोजगारी तथा स्वरोजगारको अवसर श्रृजना गर्ने योजना अनुसार सो सम्झौता गरिएको बैकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसका आधारमा बैंकले ऋण प्रवाह गर्नेछ ।

यस्तो कर्जा प्रति ब्यक्ति अधिकतम १० लाखसम्म परियोजना धितोमा प्रवाह गर्ने गरी हाललाई एक अर्ब सम्म ऋण प्रवाह गर्ने र माग र आवश्यक्ताको आधारमा बढाउँदै लाने गरी त्रिपक्षीय संझौता गरिएको हो ।

सोका अलाबा बैंकले त्यस्ता संभाबित ऋणीहरुलाई परियोजना संचालनका लागि सुझाब तथा सल्लाह प्रदान गर्ने, आवश्यक तालिमको ब्यवस्था गर्ने, त्यस्ता यूवाहरुलाई लक्षित गरी निक्षेप तथा कर्जाका प्रोडक्टहरु बनाउने र बजारको पहुँचलाई सहजिकरण गराउने बताएको छ ।

नेपालमै स्वरोजगार र रोजगारीका अवसरहरु सृजना गरी स्वदेशमै श्रम गर्ने वातावरण निर्माण गर्न सके सुखी नेपाली र समृद्घ नेपालको राष्ट्रिय संकल्पले सार्थकता पाउन सक्छ भन्ने मान्यतामा दृढ विश्वास गर्दै यो त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको बैंकको भनाई छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।